कार्यकर्तालाई आरजुको आग्रह – टिकट वितरण गर्न नेताहरूलाई धेरै गाह्रो छ, अप्ठ्यारा बुझिदिनुस्



काठमाडौं । नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिन कार्यकर्तालाई आग्रह गरेकी छन्।

महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा आज बोल्दै कांग्रेस केन्द्रीय सदस्य राणाले यस्तो बताएकी हुन् ।



गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गरेकी हुन्।  टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्।



उनले भनिन्, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ नेताहरूलाई धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’

उनले पहिले देश, पार्टी अनिमात्र आफूलाई केन्द्रमा राख्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्। कांग्रेसले पाँचदलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज