जबरालाई निवासबाट निस्कन नदिएको होइन : निमित्त प्रहरी प्रवक्ता कार्की



काठमाडौं । निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई
निवासबाट निस्कन नदिइएको विषय अस्वीकार गरेका छन्।

आइतबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एसएसपी कार्कीले सुरक्षाको विषयले मात्र प्रधानन्यायाधीशको निवासमा प्रहरी राखिएको बताएका हुन् ।



सुरक्षाका कुनै विषय नउठोस् भनेर अन्य दिनभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए।



उनले भने, ‘अन्य दिनभन्दा बढी उपस्थित भएकाले रोकेको भन्ने बुझाइ हुन सक्छ। सुरक्षाको विषयमा केन्द्रित भएर प्रहरी राखिएको हो।’

यसअघि निवासमै रोकिएको भन्ने विषयमा जबराले आक्रोशित हुँदै आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज