माओवादी केन्द्रले हटायो समानुपातिक सिफारिसमा परेका १६ सय नेताको नाम



काठमाडौं । समानुपातिक बन्द सूची टुंग्याउन नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ ।

समानुपातिक तर्फको नाम सिफरिस गर्न बनाएको मापदण्डका आधारमा तल्लो तहबाट दुई हजार बढी नेताहरूको नाम सिफारिस केन्द्रमा आएको थियो।



धेरै नाम हटाउँदा पनि माओवादी केन्द्रलाई निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाउन निकै सकस भइरहेको छ।



मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले समानुपातिक तर्फको बन्दसूची बुझाउन असोज २ र ३ गतेको समय सीमा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज