सुनको सिक्री लुटेको आरोपमा चितवनबाट एकजना पक्राउ



चितवन । चितवन प्रहरीले सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २३ घर भई हाल सृजनाटोल बस्ने ४३ वर्षीय झलक जैसी रहेका छन् ।

उनले भदौ २३ गते बिहान ८ बजे भरतपुर महानगर ४ लंकुस्थित सडकमा ७० वर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री स्कुटरमा आएर चोरी तथा डाँका गरेका थिए ।



उनलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा असोज १ गते पक्राउ गरेको हो ।



उनको साथबाट सुनको सिक्री, घटना घटाउँदा प्रयोग गरेको ना ४३ प ७४८५ नक्बरको स्कुटर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीमाथि जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज