समानुपातिक उमेदवारको सूची तयार पार्न बसेको कांग्रेसको बैठक निष्कर्षविहीन



काठमाडौं । समानुपातिक उम्मेदवारको सूची तय गर्न बसेको कांग्रेस संसदीय समितिको बैठक निष्कर्षविहीन सकिएको छ ।

आइतबार मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक साँझसम्म ८ बजे निष्कर्षविहीन सकिएको हो । बैठकले नाममा सहमति जुटाउन सकेन ।



पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकले सिलिङको काम गरिरहेको छ । भोलि बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनको भनाइ छ । अन्तिम सूचीलाई भोलि नै कार्यसम्पादन समितिको बैठकबाट पारित गरिने उनले बताए । गरेर निर्वाचन आयोगमा बुझाउने उनले बताए ।



आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने समय असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेको छ । आज पहिलो दिन ठुला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज