सशस्त्रका तीन डिआइजीको सरुवा, को कहाँ पुगे ?



काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । सरुवासूची अनुसार तीन बाहिनीका प्रमुखहरु फेरिएका हुन् ।

बागमतिमा डिआइजी लक्ष्मण सिंहलाई पठाइएको छ । लुम्बिनी प्रदेशमा बिदुर खड्का तथा कर्णालीमा प्रदीप पालले बाहिनीपतिको जिम्मेवारी पाएका छन् ।



यसैगरी प्रदेश नम्बर १ का कमल गिरी, मधेस प्रदेशका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी, सुदुरपश्चिमका दुर्गा भट्टराई, उपत्यकाका बंशी दाहालको भने सरुवा भएको छैन ।



निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको सरुवा तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज