राष्ट्रिय स्वतन्त्र पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोट गरेको छ ।

पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरु ‘खुला प्रारम्भिक निर्वाचन’बाट छनौट गरेको हो ।



हाल प्रचलनमा रहेको मोबाइल एपबाट अनलाइन गरिने भोटिङलाई प्रारम्भिक निर्वाचनको लागि साधनका रुपमा प्रयोग गरिएको स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।



‘खुला प्रारम्भिक निर्वाचन’ प्रक्रियाबाट खस आर्य खुला, खस आर्य महिला, आदिवासी महिला, आदिवासी खुला, थारु खुला, थारु महिला, मुस्लिम खुला, मुस्लिम महिला, मधेसी महिला, मधेसी खुला, दलित महिला, दलित खुला र पिछडिएको क्षेत्रका उम्मेदवार छानिएको पार्टीले जानकारी दिएको छ ।

खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज