माओवादी अध्यक्ष प्रचण्डले भने – सोलुमा भएको विकासको मोडल संसारले हेर्छ



सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने विकासको कुरा गरेको बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिकामा भएको विकास निर्माणका कामहरुको प्रशंसा गर्दै उनले यस्तो बताएका हुन् ।



सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दैगर्दा आफूले यस्तै विकासको कुरा गरेको बताए ।



‘प्रचण्ड’ले नेपाली जनताले आफूलाई क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मा दिएको समेत बताए । सोलुमा भएको विकासको मोडल संसारले हेर्ने प्रचण्डको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज