दलले सूची बुझाउन ढिलो गरेपछि आयुक्तको व्यङ्ग्य– भोलि पनि आजै भइरहने हो कि भन्ने भयो



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलो गरेपछि भोलि बिहान पनि आजै हुने भयो भन्दै व्यंग्य गरेका छन् ।

“भोलि बिहान पनि आजै भइरहने हो भन्ने अवस्था हामीले महसुस गरेका छौं । तर, हाम्रो सम्पूर्ण स्रोतसाधन क्षमताले कुनै कमी हुन दिदैनौँ,” सञ्चारकर्मीसँग उनले भने, “आयोग परिसरमा बसेका सबै काम सक्न हाम्रो टिम परिचालन हुन्छौँ ।”



उनले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताए ।



आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची हिजो र आजभित्र पेस गर्न समय छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज