काठमाडौं । प्रजातन्त्र प्राप्तिका लागि लडेका क्रान्तियोद्धा तोरन्द्रमान सिंह प्रधानको निधन भएको छ ।
विराटनगर महानगरपालिका १० निवासी सिंहको सोमबार ९३ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उनको उपचारको क्रममा आज न्युरो अस्पतालमा निधन भएको हो । २००७ सालको क्रान्तिमा प्रजातन्त्र प्राप्त गर्न सिंह अग्रमोर्चामा थिए ।
त्यसबेला प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका विराटनगरका प्रधान जीवनको अन्तिम घडीसम्म पनि लोकतान्त्रिक आन्दोलनका पक्षमा अडिग रहेका थिए ।
मंगलबार बिहान स्थानीय सिंघिया घाटमा उनको अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया!