काठमाडौंको गोठाटारमा चल्यो गोली, एकजना घाइते



काठमाडौ । काठमाडौंको गोठाटारमा गोली चलेको छ । सोमबार साँझ गोलीले लागेर एक जना घाइते भएका हुन् ।

घाइतेलाई उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकले घटनाको अनुसन्धान भइरहेको बताए ।



तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन ।



घाइतेलाई तीन वटा गोली लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज