इन्दिरा, पुनम र दीपाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।

दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गोलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे ।



अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ ।



झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज