मिलन पाण्डे पक्षको साझा पार्टीले बागमती प्रदेशसभाका लागि मात्रै उम्मेदवारी दिने



काठमाडौं । विवेकशील साझाको मिलन पाण्डे समूहले वाग्मती प्रदेशमा मात्रै उमेदवार बनाउने भएको छ ।

पाण्डेले विज्ञप्ति जारी गर्दै प्रदेशहरुलाई सशक्त बनाउने अभियानमा रहेको समेत जनाएका छन् ।



विज्ञप्तिमा भनिएको छ, “यो चुनावमा हामीले विवेकशील अभियान लक्ष्यका साथ बागमती प्रदेशमा मात्र आफ्ना उमेदवारहरु घोषणा गर्नेछौँ । वाग्मती प्रदेशमा सामर्थ्यवान् सरकार निर्माण गर्नु हाम्रो यो निर्वाचनको लक्ष्य हुनेछ ।”



प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज