धनगढी। चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीमा आमरण अनसनमा बसेका डा.गोविन्द केसीलाई काठमाडौं लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ ।
डा केसीले काठमाडौं नजाने अडान गरेपछि स्काइट्रक फिर्ता भएको हो ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौं लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।
प्रतिक्रिया!