राजनीतिक विश्लेषक वाग्लेले भने – राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र



काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताएका हुन् ।



उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’



संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज