राष्ट्रपति भण्डारीको राजीनामा माग्दै विरोध प्रदर्शन



जनकपुरधाम । नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।



उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामासमेत मागेका छन् ।



राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको जनमत पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज