सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, राष्ट्रपतिको कदमबारे छलफल



काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो ।



संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।



आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल सिट बाँडफाँटको विषयमा समेत छलफलमा छन् ।

कार्यदलका सदस्य नेताहरूसमेत बालुवाटारमा जम्मा भएर छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज