राष्ट्रपतिको विरोध गर्दै अखिल क्रान्तिकारीले पुत्ला दहन गर्ने



काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गर्दै बुधबार साँझ पुत्ला दहन गर्ने भएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अखिल क्रान्तिकारी आन्दोलित बनेको हो।



क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज साँझ ५ गते देशव्यापी पुत्ला दहन कार्यक्रम सम्पन्न गर्ने तय भएको  सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।



त्यसका लागि क्रान्तिकारीले सम्पूर्ण प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति ,क्याम्पस समितिहरुलाई विशेष निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज