राष्ट्रपतिको कदम विरुद्ध कानुनी उपाय खोजिन्छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानुन उल्लंघन गर्ने संभावना देखिएको तर्क उनले गरे ।



संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानुनी उपाय खोजिने बताए ।

कानुनी उपाय खोज्नेबारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज