अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७९ पुष २७, बुधबार १५:४१ बजे

काठमाडौं – पशुपतिनाथ मन्दिरको सुरक्षा र पुजा व्यवस्थापनमा खटिएका प्रहरी नायव निरीक्षक (सई) शम्भु ठाकुरको २५ वर्षमा बल्लतल्ल सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गर्ने नियमित सरुवाको सूचीमा उनी कहिल्यै अटाएनन् ।

प्रहरी जवान हुँदा २५ वर्षअघि पशुपति सुरक्षा पोष्टमा खटिएका ठाकुर भर्खरै त्यहाँबाट सरुवा भएका छन् । उपत्यका प्रहरी कार्यालयले उनलाई काजमा सामाखुसीस्थित पहरा गणमा सरुवा गरेको छ । तर, सो निर्णय कार्यान्वयन भएको छैन । उनको ठाउँमा पशुपतिनाथको मन्दिरस्थित सुरक्षा पोस्टमा पोस्टिङ भएका अर्का प्रनानि लाई काम सिकाउने नाममा उनले रवाना बुझेका छैनन् ।

रौतहट घर भएका शम्भु शक्ति केन्द्रको पहुँचमा त्यहाँ बसिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । पशुपति सुरक्षा पोस्टमा इन्स्पेक्टर इन्चार्जको रूपमा खटिन्छन् । तर, हालीमुहाली चाहिँ शम्भुले गरिरहेको आरोप छ । पशुपतिनाथमा विशेष पूजा गर्न चाहने मारवाडी समुदायका व्यापारीहरूलाई उनले सस्तोमा पूजा गराउने गरेको पशुपति विकास कोषका एक जना अधिकारीले बताए ।

उनिविरुद्ध विशेष पूजा गराएर कमिसन लिने गरेको आरोप छ । आर्थिक अनियमितता गरेको गुनासो आएपछि उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले उनलाई सरुवा गरेका हुन् । लामो समय बसेका प्रहरीलाई हेरफेर गरिएको उपत्यका प्रहरी कार्यालयका एआइजी दिवेश लोहनीले बताए । उनले भने, ‘धेरैलाई चेन्ज गरिएको छ, त्यसमा पशुपति सुरक्षा पोस्टका पनि परेका होलान् ।’

ठाकुरविरुद्ध प्रहरी प्रधान कार्यालयमा पटक पटक उजुरी पर्ने गरेको छ । तत्कालीन डीआइजी विश्वराज पोखरेल उपत्यका प्रहरी कार्यालयको प्रमुख हुँदा ठाकुरमाथि छानबिन गर्न समिति बनाएका थिए । डिएसपी हेरम्ब शर्मा नेतृत्वको समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको थियो । तर, सो प्रतिवेदन कार्यान्वयन भएको छैन । सभार : सत्यपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय