प्रधानमन्त्री प्रचण्डलक्षित खिलराज रेग्मीको कटाक्ष – वल्लो घरको नरे पल्लो घर सरे !



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै दलहरुको प्राथमिकतामा परेको बताएका छन् ।

बिहीबार फोकस नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै रेग्मीले यस्तो बताएका हुन् ।



उनले भने,‘सरकार स्थिर हुन सकेको छैन । विगतदेखिको अनुभव यस्तै छ । ‘वल्लो घरको नरे पल्लो घर सरे!’ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ ।’



रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गरेकामा ब्यंग्यात्मक टिप्पणी गरे।

१० पुसमा नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज