मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित गरेको छ ।

उच्च अदालत सुर्खेतले भोलि हुने भनिएको स्ववियु निर्वाचन रोक्न आदेश दिएको हो ।



बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटा आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ ।



मंगलबार विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेनेजमेन्टका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतले अर्को आदेश नभएसम्मका लागि भन्दै स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो ।

विश्वविद्यालयको बैठकले केन्द्रीयसँगै आंगिक क्याम्पसको स्ववियु निर्वाचन पनि स्थगित गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज