क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने सरकारको घोषणा



काठमाडौं । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप तीन/तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।



प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएका थिए । साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गरे ।



प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।

बिहीबार युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल जिम्वावेमा हुने विश्वकप छनोटमा पुगेको हो । डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज