ड्रमको पानीमा डुबेर बालकको मृत्यु



काठमाडौं । काठमाडौंको तारकेश्वरमा घरनजिकै राखेको ड्रमको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका १ वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।



डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्रान्डी अस्पताल धापासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



यता काठमाडौँको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज