अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्‍यो भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले राष्ट्रपति पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो ।



आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका (वार क्राइम) युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको छ ।



मारिया रुसको बाल अधिकार आयुक्त हुन् । युक्रेनमा २४ फेब्रुअरी २०२२ बाट रुसले युक्रेनमाथि हमला गरेको आईसीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज