डोटीका जिउँदा मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा



डोटी । सरकारले शनिबार सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।

डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा समावेश भएको पाइएको हो ।



फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो । फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ ।



डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ । उनले आफू मृत्युतुल्य अवस्थामा रहेका कारण यसमा कुनै अप्ठेरो नमान्ने उनले बताए ।

मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज