अपडेट 
शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड |
२०७९ चैत्र ४, शनिबार २१:२७ बजे

एजेन्सी । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ ।

प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यस्तो खुलासा गरेको हो ।



प्योङयाङको हतियार परीक्षण र बढ्दो आणविक चेतावनीपछि सियोल र वासिङ्टनले सुरक्षा सहयोग बढाएका छन् र यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।



उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र यसको जवाफमा उसले ‘भारी’ कदम चाल्ने चेतावनी बारम्बार दिँदै आएको छ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ अमेरिकी प्रयासको रूपमा व्याख्या गरेको छ र यसको जवाफमा लाखौं मानिसहरू भर्ती भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय