उत्तर कोरियाको दाबी – ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न आठ लाख युवाले नाम टिपाए



एजेन्सी । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ ।

प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यस्तो खुलासा गरेको हो ।



प्योङयाङको हतियार परीक्षण र बढ्दो आणविक चेतावनीपछि सियोल र वासिङ्टनले सुरक्षा सहयोग बढाएका छन् र यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।



उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र यसको जवाफमा उसले ‘भारी’ कदम चाल्ने चेतावनी बारम्बार दिँदै आएको छ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ अमेरिकी प्रयासको रूपमा व्याख्या गरेको छ र यसको जवाफमा लाखौं मानिसहरू भर्ती भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज