सन्दीपलाई थुनामा पठाउने न्यायाधीशकै इजलासमा फैसलाको पेसी



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दा फैसलाका लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा यो मुद्दा पेसी तोकिएको हो।



घिमिरे तिनै न्यायाधीश हुन्, जसले सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए। गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।



तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो । त्यसअघि ११ वटा मुद्दा बयान बकपत्रलगायतका विषयमा यो इजलासमा पेसी तोकिएका छन्।

सन्दीपको मुद्दाभन्दा अगाडि चेक अनादर, नक्सापास, निषेधाज्ञाका मुद्दा पनि पेसीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज