नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, सीआईबीमा बज्राचार्य



काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।



उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा श्यामलाल ज्ञवालीले पाएका छन्।



यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्राचार्यले जिम्मा पाएकी छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ।

नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज