काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।
बुधबार न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।
बालेनलाई जवाफ दिँदै प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘बालेनजीले आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा गर्नुभयो। मेरो नेतृत्वमा सरकार छ। मलाई विश्वास छ, यो सरकार पाँच वर्षसम्म जान्छ।’
प्रतिक्रिया!