मेयर बालेनलाई प्रधानमन्त्री प्रचण्डको जवाफ – चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्षसम्मै टिक्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए ।



बालेनलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताए।

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज