काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।
एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तीन मन्त्रालय हामीलाई दिनुपर्छ। तीन मन्त्रालय नपाएसम्म हामी मन्त्रीको नाम प्रधानमन्त्रीलाई पठाउँदैनौं । हामीले धेरै त्याग गरेका छौं।’
उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।
प्रतिक्रिया!