राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची



काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्द सूची बुझाएको छ ।

जनमोर्चाले निर्वाचन आयोगमा पुगेर सोमवार उम्मेदवारहरूको बन्द सूची बुझाएको हो । जनमोर्चाले प्रतिनिधि सभामा ११० जना उम्मेदवारको नामावली आयोगमा पेश गरेको छ ।



वागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र सूदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली बुझाइएको उनले बताए । प्रदेश नम्बर १ र मधेस प्रदेशमा भने पार्टीको अवस्था कमजोर भएकाले बन्दसूची पेस नगरिएको राजमोका महासचिव हिमलाल पुरीको भनाइ छ ।



प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आज पेश गर्ने बन्द सूची १६ गतेसम्म सच्चाउन सकिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

प्रत्यक्षतर्फको मनोनयन भने असोज २३ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज