गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो, उपत्यकाका नाकाहरुमा कडाइ



काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।



तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो रंगको रर्ट लगाएर पोल्सर मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले प्रहरीसमक्ष बताएका छन् ।



काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ । भने उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज