सिट बाँडफाँटमा सहमति खोज्न गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने



काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने बताइएको छ ।



बुधबार बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।



अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरुबीच एक दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउने समझदारी भएको खनालको भनाइ छ ।

यस्तै आजको बैठकमा सिट बाँडफाँटका विषयमा मात्र छलफल नभई राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे पनि छलफल हुने र नयाँ रणनीति बनाइने सम्भावना रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज