जन्मकैद सजाय तोकिएका यादव २१ वर्षपछि पक्राउ



रुपन्देही । कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको सजाय सुनाएका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।

रूपन्देहीको गैडहवा गाउँपालिका–५ का रामपति यादव भनिने रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।



यादवले २०५८ सालमा जिल्लाको साविक विष्णुपुरा गाविस–७ का व्यापारीको हत्या गरी फरार थिए ।  यादवलाई जिल्ला अदालत रुपन्देहीले २०७३ वैशाख ३० गतेको फैसलाले जन्मकैद ठहर गरेको थियो ।



५७ वर्षीय यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यादवलाई फैसला कार्यान्वन गराउन यादवलाई अदालतमा पेश गरी कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज