पेस्तोल ताक्ने इन्सपेक्टरमाथि कारबाही प्रक्रिया सुरु



काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीयमाथि पेस्तोल ताकेर तर्साउने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन शुरु भएको छ ।

इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन शुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।

गैरव्यवसायिक हर्कत गरेपछि उनीमाथि कारबाही प्रक्रिया सुरु भएको काठमाडौं परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज