नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन् ।

विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिए । लिग २ को अन्तिम खेलमा नेपालले युनाईटेड अरब इमिरेट्सविरुद्ध प्रतिष्पर्धा गर्दैछ ।



कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि यूएईले टस जितेर ब्याटिङ रोजेको छ भने नेपालले पहिले बलिङ गर्ने भएको छ ।



आजको खेल हेर्नका लागि करिब १५ हजार बढी दर्शक क्रिकेट मैदान पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज