उपराष्ट्रपति चुनावमा किरियापुत्री बरालले गरे मतदान



काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि बुवाको किरिया बसेका प्रदेश सांसद संसद भवन पुगेका छन्।

गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ २ का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।



सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो।



बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् ।

उनी आजै दिउँसो पोखरा फर्कँदै छन् । नयाँ उपराष्ट्रपतिका लागि बिहान १० बजेबाट मतदान जारी छ।

दिउँसो ३ बजेसम्म हुने मतदानमा सहभागी हुन अन्य सांसदहरू पनि सहभागी हुने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज