उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म खस्यो ६ सय १० मत



काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ।

संघीय संसद नयाँ बानेश्वरमा बिहान १० बजेदेखि सुरू भएको मतदानमा सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको हो।



निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।



अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज