राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवासमा सांसदहरूको चियापान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम गरेका छन् ।

आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान संघ र प्रदेशका सांसदलाई बोलाएका हुन् ।



शीतलनिवासमा राष्ट्रपति पौडेलले भेटघाट तथा चियापान कार्यक्रम गरिरहेका छन् । कार्यक्रममा प्रधानमन्त्री, समामुख, राष्ट्रिय सभा अध्यक्षलगायत शीर्ष नेताहरु पनि सहभागी भएका छन्।



उपराष्ट्रपति निर्वाचनमा मत हाल्न काठमाडौं आएका प्रदेश सांसदहरू लगायतलाई चियापानमा सरिक गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज