हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी सेमिफाइनलमा



एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिटीले बर्नलीलाई ६–० गोलले हराएको हो । सिटीका फरवार्ड एर्लिङ हालान्डले ह्याट्रिक गोल गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे ।



हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ ।



रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज