विराटनगर । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य मागसहित प्रदर्शमा उत्रिएका प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोडेका छन् ।
विराटनगरमा जारी आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ ।
प्रहरी दमनविरुद्ध प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।
प्रदेश नं.१ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए ।
प्रतिक्रिया!