करोडौं पैसा उठाएर प्रभु बैंकका प्रबन्धक फरार



काठमाडौं । ग्राहकको पैसा सापटी लिएर प्रभु बैंक खोटाङको दिक्तेल शाखाका प्रबन्धक फरार भएका छन्।

प्रभु बैंकका प्रबन्धक होमराज खतिवडा चिनजानका ग्राहकहरुको लाखौँ पैसा सापटी लिएर फरार भएका हुन्।



गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा महिना दिनअघिदेखि सम्पर्कमा छैनन्। प्रभु बैंक दिक्तेल शाखाका प्रबन्धक खतिवडाले करोडौ पैसा सापटी लिएको खुलेको छ ।



प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ। शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन बनेको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ।

तर प्रभु बैंकका सिइओ अशोक शेरचनले खतिवडालाई कुनै कारवाही प्रक्रिया अगाडि नबढाएको बैक श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज