बर्दियामा बाघको आक्रमणबाट २ जनाको मृत्यु



बर्दिया । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका-५ मा २ जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।



सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।



अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज