बागमती प्रदेश नीति आयोगका उपाध्यक्ष चालिसेले दिए राजीनामा



मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यकारी उपाध्यक्ष होमनाथ चालिसेले पदबाट राजीनामा दिएका छन् ।

गत माघ २४ गते आयोगको उपाध्यक्षमा नियुक्त भएका चालिसेले ४४ दिनमा नै मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका हुन् ।



मुख्यमन्त्रीको सचिवालयका अनुसार चालिसेले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएका हुन् ।



उनी जनसंख्या र बुढ्यौलीविद् हुन् । हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज