साफ यू-१७ महिला च्याम्पियनसिपमा आज भुटानको सामना गर्दै नेपाल



काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।

खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा राति ७ बजे सुरु हुनेछ ।



नेपाल आजको खेलमा भुटानलाई हराउँदै च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्न चाहन्छ। नेपाली टोलीको कप्तानी दीपा रोकायाले गर्नेछिन्।



प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ ।

नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज