अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा पन्त



काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन् ।

शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।



माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा उपमहासचिव जनार्दन शर्मा, ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा लगायतका नेताहरूको उपस्थितिमा पन्तको अध्यक्षतामा ५१ सदस्यीय युवा कमिटी चयन गरेको हो ।



सम्मेलनले युवा कमिटीको उपाध्यक्षमा सुस्मिता कट्टेल, सनत उप्रेती, राजु ओझा, नारायण कुइँकेल र सन्तोष ढकाललाई निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज