उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर, कुन क्षेत्रमा को ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन परिचालनका लागि पार्टीबाट चुनावी कमाण्डर तोकेको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले वैशाख १० मा हुने उपनिर्वाचनका लागि कमाण्डर तोकेको हो ।



प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ १ मा कोषाध्यक्ष निलकण्ठ काफ्ले, चितवन २ मा उपाध्यक्ष विक्रम पाण्डे र बारा २ मा उपाध्यक्ष बुद्धिमान तामाङलाई निर्वाचन कमाण्डर तोकिएको हो ।



तीन वटै क्षेत्रमा राप्रपाले एक्लै उम्मेदवारी दिने पनि निर्णय गरेको छ । यस्तै राप्रपाको केन्द्रीय कार्यसमिति बैठक वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज