मिटरब्याज पीडितको आन्दोलनमा विवेकशील साझाको ऐक्यबद्धता



काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ ।

बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितका माग शीघ्र सम्बोधन गर्न सरकारसँग माग समेत गरिएको छ ।



मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत विशेष कार्यान्वयन अभियानु नै चलाएर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन समेत विवेकशील साझाले सरकारसँग माग गरेको छ।



यसअघि मंगलबार विभिन्न राजनीतिक दलले मिटरब्याजीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

अनुसूची १ – लेटरहेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज